निर्मला पन्तको परिवारलाई सरकारले पैसा दियो, घटना त सेलाउँदैन ?

कञ्चनपुर, भदौ १० ।
कञ्चनपुरमा मारिएका निर्मला पन्त र सनी खुनाको परिवारलाई प्रदेश ७ सरकारले ५÷५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पन्त र खुना परिवारको भेटेर प्रदेश ७ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले ५र५ लाख रुपैयाँ राहत घोषणा गरेका हुन् ।

कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो भने हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर १४ वर्षीय सनी खुनाको मृत्यु भएको थियो ।

केन्द्र सरकारले पनि पन्त र खुनाको परिवारलाई १०÷१० लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । आइतबार प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाह, नेपाल कम्युनिस्ट पार्टीका नेता लेखराज भट्टलगायतका नेताहरु बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घरमा पुगेर परिवारसँग भेट गरेका थिए ।

सरकारले राहतको रुपमा रकम उपलब्ध गराएपछि पीडित परिवारमा केही राहत भएपनि हत्याको घटना भने विर्सिन सक्ने खालको छैन । केही अगुवाहरुले चाहीँ घटना सामसुम नपार्न दवाव दिईरहेका छन् । शनिबारसम्म लगाईएको कफ्र्यु पनि आईतबार खुकुलो पारिएको छ । सिडियो तारानाथ अधिकारीले घटनाको अनुसन्धान सुरुदेखि नै थालिएको बताएका छन् ।