निर्मला पन्तका बुबालाई जहाजले चढाउन मानेन

कञ्चनपुर, मंसिर ९ ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा यज्ञराजलाई उयपचारका लागि काठमाडौं लान खोज्दा जहाजले चढाउन नमानेपछि उनी कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका छन् ।

आजको कान्तिपुर दैनिक लेख्छ–छोरीको बलात्कार र हत्या गर्नेलाई सार्वजनिक र कारबाही गर्नुपर्ने माग राखेर दुई सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका उनी केही दिनयता बिरामी थिए ।

उनलाई शनिबार साँझ बुद्ध एयरको विमानबाट काठमाडौं लैजाने तयारी थियो । असामान्य व्यवहार देखिएको भन्दै एयरलाइन्सले जहाज चढाउन नमानेपछि गेटा विमानस्थलमै उनी अलपत्र परेका हुन् ।