निर्मलाका लागि न्याय माग्दै पोखरामा प्रदर्शन (फाेटाे र भिडियो सहित)

पोखरा, भदौ ३० ।
गत साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गर्दै शनिबार देशैभरि प्रदर्शन भइरहेको छ । देशका विभिन्न ठाउँमा फरकफरक समयमा प्रदर्शन भएको छ । केही ठाउँमा बिहानैदेखि प्रदर्शन भइरहेका छन् । पोखरामा पनि निर्मला पन्तका लागि प्रदर्शन गरियो ।पन्तको हत्यारा पत्ता लगाउन र कडा कारबाहीको माग गर्दै बृहत ¥यालि सहित सरकारलाई दवाव दिईएको छ । प्रदर्शनमा सहभागीहरुले निर्मलाको तस्बिर बोक्नुका साथै विभिन्न प्लेकार्डहरु बोकेका छन् ।  घटनाको ५१औं दिन बितिसक्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । साथै, नियोजित रुपमा प्रमाण लुकाइएका वा नष्ट गरिएका खबरहरु सार्वजनिक भएका छन् । प्रहरीले असम्बन्धित व्यक्तिहरुलाई यातना दिई घटनाका दोषी करार गर्न खोजेको भन्दै व्यापक विरोध भइरहेका छन् ।घटनामा उच्च तहकै व्यक्तिको संलग्नताको आशंका बढ्न थालेका छन् । गृहमन्त्रीले घटनाको दोषी छिट्टै पत्ता लगाई कारबाही गर्ने आश्वासन त दिएका छन् तर उनको आश्वासनले मूर्तरुप पाउन सकेको छैन । यही घटनाको विषयलाई लिएर संसद समेत अवरुद्ध भइसकेको छ भने केही दिनअघिको प्रदर्शनमा एकजना बालकको ज्यान समेत गइसकेको छ ।न्याय पाउने सम्भवना झन् कठिन बनेको भन्दै केही दिनअघि उनका बाआमा यज्ञराज र दुर्गादेवी पन्त समेत राजधानीमै पुगेका छन् । राजनीति भन्दा बाहिर बसेर स्वतन्त्र रुपमा प्रदर्शन गरिएको प्रदर्शनमा नेतृत्व गरिरहेका सौगात पोखरेलले जानकारी दिए ।प्रदर्शनीमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु पनि स्वतन्त्र भएर आवाज बुलन्द पारिरहेका छन् । विशुद्ध सामाजिक घटना भएकोले स्वतन्त्र आवाज उठाउनुपर्ने उनीहरुको भनाई छ । शनिबार भएको ¥याली मानवअधिकारबाट निस्किएर महेन्दुपुल चोक परिक्रमा गरी पुनः मानवअधिकार चोकमै कोणसभा गरिएको छ ।

तस्विर र  भिडियाे-डिएनए नेपाल डट कम