नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने यस्तो काईदा !

पोखरा, असार १३ ।
लगातारजसो समाचार आईरहने नारायण मुग्लिन सडकको पहिरोले अव भने छुटकारा पाउने भएको छ । यो सडक खण्डमा पहिरो रोक्ने नयाँ प्रविधी अनुसार काम भैरहेको छ ।

सडक विस्तारका कारण लामो समयसम्म सास्ती पाएका यात्रुहरु काम सकिएपछि पनि सजिलो यात्रा गर्न पाएका छैनन् । दिनहुँ झरिरहने पहिरोले उल्टै त्रास सिर्जना गरेको छ । दिनहुँ जसो यो सडकखण्ड बन्द भैरहन्छ ।

तर यसलाई रोक्नका लागि अहिले नयाँ प्रविधि अनुसार काम भैरहेको छ । रक नेटिङ र रक बोल्टिङको प्रविधिमार्फत् पहिरो रोक्ने प्रयास गरिएको ईञ्जिनियरहरुले बताएका छन् ।

रक नेटिङ भनेको फलामे रड गाडेर साना ढुंगा तथा गेग्रानलाई रोक्ने प्रविधि हो । यसैगरी रक बोल्टिङ भनेको आठ मिटरसम्म गहिरो प्वाल पारेर फलामे रड छिराएर कस्ने प्रविधि हो । यस्तो प्रविधि पहिरो रोक्ने आधुनिक प्रविधि मानिन्छ ।

अहिले नारायणगढ–मुग्लिन सडकखण्डको झण्डै एक दर्जन ठाउँमा काम गरिरहेको भेटिन्छ । चारकिलो बाहेक अरु ठाउँमा साउन नलाग्दै काम सक्ने तयारी छ ।