नारायणकाजीको प्रश्न–तपाइँ परमेश्वरको प्रतिनिधि हो ?

काठमाण्डौं, पुस ७ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी समिति बैठकमा नेताहरूबीचभ आरोप–प्रत्यारोप जारी छ । शुक्रबारको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिजालप्रति कटाक्ष गर्दै ‘परमेश्वरको प्रतिनिधि’ भएको टिप्पणी गरे ।

‘एकजना कामरेडले बिहीबारको बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्नु आत्मनिन्दा हो, त्यति विनम्र हुनै सकिँदैन भने । त्यस्तो अभिव्यक्ति गलत छ’, रिमालको अभिव्यक्तिप्रति लक्ष्य गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘सामन्ती सोच र संस्कृति भएको शासकले मात्र आफूलाई परमेश्वरको प्रतिनिधि ठान्छ, त्यस्ताले आत्मालोचना गर्ने कुरै हुन्न ।

के तपाईँले आफूलाई त्यस्तै ठान्नुभएको हो ? त्यस्तो सोच एवं अभिव्यक्ति हामी कम्युनिस्टहरूको होइन र हुनै सक्दैन । सरकार र पार्टी नेतृत्वको सफलता तथा उपलब्धिको चर्चा गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले बिहीबारको बैठकमा आत्मनिन्दा मात्रै गरेर खुइल्याउने काम नगर्न चेतावनी दिएका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।