नारायणकाजीको टिप्पणी–स्वराज गलत समयमा नेपाल आईन्

काठमाण्डौं, माघ १९ ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सही समयमा नभएकोे टिप्पणी गरेका छन् । आज बिहान ट्विट गर्दै नेता श्रेष्ठले राजनीतिक र कूटनीतिक हिसाबले पनि सामान्य अभ्यासमा रहेको भन्दा फरक समयमा उनको भ्रमण भएको उल्लेख गरेका छन् । स्वराजसँगको भेटघाटका क्रममा विशेष रुपमा राष्ट्रिय मुद्दामा केन्द्रित हुन र मर्यादा पालन गर्न पनि राजनीतिक नेताहरुलाई सचेत गराएका छन् ।
श्रेष्ठले ट्विटमा लेखेका छन्, ‘उनलाई हार्दिक स्वागत गरौँ र नेपाल भ्रमणलाई हार्दिक बनाऔं। फेरि पनि भन्छु भेटका क्रममा मर्यादा पालन गरौँ। राष्ट्रिय मुद्दामा मात्रै केन्द्रित रहौँ ।’ भारतीय विदेशमन्त्री स्वराज हिजो नेपाल आएकी हुन् । उनले राजनीतिक भेटघाटलाई तीव्र बनाएकी छन् ।