नवलपुरमा बसको ठक्करले १ जनाको मृत्यु

पोखरा, साउन १९ ।
गण्डकी प्रदेशको नवलपुर जिल्लामा बसको ठक्करले १ जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका १६ पिप्रेनीमा लु १ ख ३७५५ नम्बरको बस अनियन्त्रित भई ठक्कर दिएको थियो ।

बसको ठक्करले स्थानीय ५० बर्षकी निमा गिरीको मृत्यु भएको हो । उनको उपचारको क्रममा सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको हो । बसकी यात्रु कावासोती ४ कि २५ बर्षिय मिना पौडेल घाइते भएकी छिन् । उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।