नवराज सिलवाल शपथ लिन संसद भवनमा

काठमाडौँ, फागुन २० ।
प्रहरीको फरारको सूचीमा रहेका सांसद् एवं पूर्व डिआईजी नवराज सिलवाल सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका छन् ।

उनी एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालको गाडीमा ‘लिफ्ट’ लिएर संसद् भवनभित्र प्रवेश गरेका हुन् । आइतबार अपरान्ह ४ बजे प्रतिनिधि र प्रदेशसभाका निर्वा्चित सांसद्को सपथ ग्रहण हुँदैछ ।

सिलवालमाथि आईजीपी बढुवाका वेला कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको आरोप लागेको छ ।