नयाँ सरकार आएपछि ८० जनप्रतिनिधि पक्राउ

काठमाण्डौं, कार्तिक १९ ।
स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ पर्ने क्रम बढेको हो ।

विभिन्न अपराधमा संलग्न भएको आरोपमा प्रहरीले प्रतिनिधिसभाका सभामुखदेखि संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख हुँदै वडा सदस्यसम्म गरी साढे दुई वर्षको अवधिमा ८० जना जनप्रतिनिधिलाई पक्राउ गरी कारबाही अघि बढाइएको हो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।