नयाँ शक्ति र संघीय फोरम एकता पर्सी, नाम–समाजवादी पार्टी नेपाल

काठमाण्डौं, बैशाख २१ ।
संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ ।

पार्टी एकता घोषणा कार्यक्रम पर्सि २३ गते प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । अहिले संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समिति बैठक चलिरहेको छ । बैठकले यसको औपचारिक निर्णय गर्ने बताईएको छ ।

नयाँ पार्टीमा नेकपाकै जस्तो २ वटा अध्यक्ष रहने छन् । यद्यपी कमिटीबारे निर्णय भैसकेको छैन । दुईवटै पार्टी अहिले छलफलमा ब्यस्त छन् ।