नयाँ शक्तिले पार्टीको नाम फेर्ने

काठमाण्डौं, फागुन १२ ।
नयाँ शक्ति पार्टी नेपालको नाम परिवर्तन हुने भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले छलफलबाट उपयुक्त नाम तय गर्ने निर्णय गरेको हो । यस्तै आउँदो १ बर्षभित्रै पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय समेत भएको नयाँ शक्ति पार्टीले जनाएको छ ।
बैठकले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पुनः संयोजक चयन गरेको छ । यस्तै प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, प्रदेश ७ मा कृष्ण कुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ । यस्तै कार्यकारी समितिलाई ९९ सदस्यीयमा झरेको छ भने ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरिएको नयाँ शक्तिले जनाएको छ ।