नयाँ शक्तिको टिप्पणी–प्रदेशबासीका लागि आज ‘कालो दिन’

पोखरा, असार २२ ।
नयाँ शक्ति पार्टीले प्रदेश नामाकरण भएको दिनलाई कालो दिनको रुपमा टिप्पणी गरेको छ । सांसद हरिशरण आचार्यले जनताको भावना र मर्म विपरित प्रदेशको नामाकरण गरिनु गलत भएको बताए ।

सबैको सम्मान र सहकार्यको लागि इतिहासमा आजको दिन कालो दिन हो । नयाँ शक्तिले घोषणा गरेको छ । राजनीतिक बहुमतका नाममा जनताले आत्मसात गर्न नसक्ने नाम निर्णय भएको उनको भनाई छ ।

‘बहुमतका नाममा निर्णय गर्दैमा सबैले स्वागत गर्छन् भन्ने छैन । यो निर्णय जनताले मान्न तयार छैनन् र आत्मसात गरेका छैनन्, उनले भने–प्रदेश सभाले पनि हिजोको जस्तो एकल जातिय अहंकारबाद देखाएको छ । संघीयता पनि त्यो भन्दा फरक रहेन ।’

प्रदेशसभाले गरेको गलत निर्णयप्रति नयाँ शक्तिले निरन्तर आवाज उठाउने उनी बताउँछन् ।