नयाँबजार मेलामा बिद्यार्थी प्रतिभाको प्रतिश्पर्धा, सूर्योदय पहिलो

पोखरा, मंसिर २३ ।
मेला अन्तर्गत आयोजित विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा सूर्योदय बोर्डिङ स्कूल पहिलो भएको छ । प्रतियोगितामा कुमुृदिनी होम्स दोस्रो र जुनियर सिटिजन्स स्कूलले तेस्रो स्थान प्राप्त ग¥यो । प्रतियोगितामा बेसलाइन, कास्की मोर्डनाइज्ड र मेरिगोल्ड मावि सान्त्वना भए । प्रतियोगिताको बिजेताले २५ हजार नगद सहित प्रमाणपत्र पाएको छ भने दोश्रो हुनेले १५, तेश्रोले १० र सान्त्वना हुनेले ५–५ हजार रुपैयाँ नगद पाएका छन् ।

यसैबीच, मेला सोमबार सकिँदैछ । पोखराको अर्थतन्त्र चलायमान बनाउनका लागि पोखरा उद्योग वाणिज्य संघले मेला आयोजना गरेको हो । पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउन र पोखराको पर्यटकीय सम्भावना उजागर गर्नकै लागि मेला आयोजना गरिएको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए ।

मेला सोमबार सकिने भएपनि अन्य दिनका जस्तै साँस्कृतिक कार्यक्रम तथा मेलामा राखिएका स्टलहरु यथावत रहने सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेलाका प्रचारप्रसार संयोजक तथा संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

मेलामा राखिएको बम्पर उपहार पनि सोमबार नै खोलिने छ । बम्पर उपहार हिरोको ड्युट स्कुटर रहेको छ । मेलाको सुरुको दिनदेखि सोमबार अर्थात मंसिर २४ गते २ बजेसम्म काटिएको टिकटलाई मात्र बम्पर उपहारमा सामेल गरिने संघले जनाएको छ ।

यता मेला अन्तर्गत प्रवेश टिकटमा माउण्टेन हक एयर स्पोर्टस् क्लवसँगको सहकार्यमा राखिएको प्याराग्लाइडिङ उडानको उपहार ४० रुपैयाँतर्फको ८८० नम्बर तथा ८३२ नम्बरले जितेको छ । यसैगरी पोखरा अल्ट्रालाइट प्रालिसँगको सौजन्यमा राखिएको अल्ट्रालाइट उडान उपहार ६० तर्फको टिकट नम्बर ११३७० ले पाएको छ ।