नतिजामा धाँधली भएकाे भन्दै प्रजु प्यानलले शपथ लिएन, अधिकारीका उम्मेदवारलाई मात्रै शपथ

पोखरा, असोज ६ ।
पोखरा उद्योग बाणिज्य संघमा चुनावी नतिजामा धाँधली भएको भन्दै प्रजु प्यानलबाट जितेकाहरुले शपथ लिएनन् । निर्वाचन कमिटीले २ हजार ९ सय ८६ मत खसेको सार्वजनिक गरेको थियो ।

तर मतगणना हुँदा अध्यक्षमा ३७ मत कम देखियो । अध्यक्षका लागि दामु अधिकारीले १ हजार ४ सय ७८ मत ल्याएर बिजयी भए भने प्रतिश्पर्धी रवीन्द्रबहादुर प्रजुले १ हजार ४ सय ७१ मत ल्याए ।

मतान्तर नमिलेसम्म शपथ नलिने प्रजु प्यानलको घोषणा छ । यद्यपी निर्वाचन कमिटीले अध्यक्ष दामु अधिकारी सहित उनको प्यानलबाट विजयी भएकाहरुलाई शपथ गराईसकेको छ ।

अधिकारी प्यानलबाट खुला सदस्यमा रुद्रनाथ लुईंटेल, नगेन्द्र सुवेदी र शोभित पौडेल तथा बस्तुगत सदस्यमा श्रीप्रसाद घले, चिन्तामणी बास्तोला र तारानाथ ढुंगाना निर्वाचित भएका छन् ।