नगरपालिकाकी उपमेयरको हिम्मत, ‘माइन्युट च्यातेर धुजा-धुजा’

धनुषा, माघ १२ ।
गणेशमान चारनाथ नगरपालिका धनुषाकी उपमेयर मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् ।

बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकी हुन् । उपमेयरले नै माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ ।

नगरपालिकामा रहेको एउटा गाडी मेयर रामबाबु यादवले चढ्दै आएका छन् । उपमेयर यादवले आफूलाई पनि गाडी सुविधा दिन माग गर्दै आएकी थिइन् । तर, आइतबारको बैठकमा प्रस्ताव नै नआएपछि ‘मलाई गाडी दिने विषय किन प्रस्ताववमा नराखेको’ भन्दै माइन्युट च्यातेर फालेकी छन् ।

उपमेयर यादवले आफूलाई गाडी दिने विषयमा छलफल नभएकाले माइन्युट च्यातेको स्वीकार गरिन् । धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी दिए पनि आफूलाई भने मेयर र कार्यकारी अधिकृतले गाडी नदिएको उनले आरोप लगाइन् ।

स्रोतका अनुसार उहाँहरुले मेरो कुरा सुन्नुभएन, आफ्नै ढंगले चल्नुभयो, त्यसैले माइन्युट च्यातिदिएँ, यादवले भनिन् ‘अनुगमन गर्न गाह्रो भयो, मलाई गाडी दिनुस् भन्दा छ महिनादेखि टार्दै आउनुएको बतायो ।

‘मेरो अरु प्रस्ताव नभए गाडीको मात्रै भए पनि लेखिदिनु, म स्कुटी लिएर गाउँगाउँ कसरी जाने भनेँ । तर नगरसभा अगाडि केही पनि हुँदैन भन्नुभयो’ उनले भनिन्, ‘म सन्तुष्ट भइनँ । त्यसैले शिग्नेचर गर्दिन भनेर च्यातिदिएँ ।