नगद डेढ लाख सहित जुवातास खेल्ने १२ पक्राउ

पोखरा, पुस ३० ।
पोखरामा नगदसहित जुवातास खेल्दै गरेका १२ जना पक्राउ परेका छन् । पोखराका २ ठाउँबाट गोप्य सूचनाका आधारमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा ११ रानीपौवा स्थित रमेश पण्डितको घरमा डेरा गरि बस्ने अशोक शाहको कोठाबाट ९० हजार ३ सय १० नगदसहित ६ जना पक्राउ परेका छन् भने पोखरा १८ खपौंदी स्थित स्युर स्पोर्ट रेष्टुरेण्टबाट नगद ५० लाख २ सय ४० रुपैयाँ सहित थप ६ जना पक्राउ परेका कास्की प्रहरी प्रबक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत कास्कीबाट सार्वजनिक मुद्धामा म्याद थप गरी कारबाही अगाडी बढाईएको खत्रीले बताए ।