ध्यान दिनुस्–महिलालाई कर्के नजर लगाए जेल जानुहोला

पोखरा, साउन ४ ।
गलत नियतले महिलामाथि कर्के नजर लगाउनु कानूनी रुपमा अपराध हो भन्नेमा कत्तिको सचेत हुनुहुन्छ ? सचेत हुनुहुन्न भने अब सचेत बन्नुहोस् ।

गोरखापत्र दैनिकका अनुसार सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कम्पनी र कार्यालय स्थलमा महिलालाई एकोहोरो हेर्ने, होच्याउने, संवेदनशील अंग छुन खोज्नेलगायतका व्यवहारलाई प्रचलित कानूनले यौनजन्य दुव्र्यवहारका रुपमा परिभाषित गरेको छ ।

कुनै महिलाप्रतिको हेराइ गलत आशयमा छ भने त्यस्ता पुरुषमाथि आशय करणीसम्बन्धी कानून आकर्षित हुने गर्छ । मुलुकी ऐन जस्तै मुलुकी अपराध (संहिता) ऐन २०७४ ले महिलालाई इच्छाविपरीत छुनु तथा जिस्क्याउनुलाई अपराध मानेको छ ।