धरौटीमा छुटे यौन दुर्व्यवहार आरोपित सुबेदी

पोखरा, चैत २९ ।

पोखराकी एक किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका एनआईसी एसिया बैंक पस्र्याङ शाखाका प्रमुख सुवास सुबेदीलाई जिल्ला अदालत कास्कीले ३ लाख धरौटीमा आज रिहा गरेको छ ।

उनीसँगै किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सुन्दर कुमार श्रेष्ठ भने हिरासत मै छन् ।

१६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा श्रेष्ठ र र्दुव्यवहारको आरोपमा सुबेदीलाई कास्की प्रहरीले चैत्र १८ गते पक्राउ गरेको थियो ।

त्यसपछि पहिलो पटक ६, दोश्रो पटक १० दिन गरि आइतबार तेस्रो पटक ५ दिनको लागि म्याद गरि अनुसन्धान गरेको थियो ।