धरानमा काँग्रेसका तिलकले जिते

धरान, मंसिर १६ ।
सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका तिलक राई विजयी भएका छन् । २०४६ सालपछाडि भएका सबै चुनावमा बामपन्थीले जित्दै आएको धरानमा यसपटक कांग्रेस विजयी भएका हुन् ।

२०७४ सालको चुनावमा धरानको मेयर पदमा पराजित भएका तिलकले यसपटक भने २६ हजार ७ सय ९ मत ल्याएका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका हुन् ।

तिलकले २ हजार ७ सय ९५ मतान्तरले हराएका हुन् । ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५५०११ मत मात्र खसेको थियो ।