दोश्रो नेपाल आइडलको घोषणा (कहिले हुन्छ अडिसन ?)

पोखरा, माघ ११ ।
नेपाल आइडलको दोस्रो सिजनको घोषणा भएको छ । नेपालमा नेपाल आइडलको संचालक एपि वान टिभिले फेसबुक मार्फत घोषणा गरेको हो । हुइज नेक्स्ट (को अर्को) भन्दै एपिवान टेलिभिजनको फेसबुकमा पोष्ट गरिएको छ । एपिवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइड निकै लोकप्रिय कार्यक्रम हो ।
पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल बन्न सफल भएका थिए । टेलिभिजनले नाच्नेहरुको लागि बुगि वुगि, नेपाल गड ट्यालेन्ट, को बन्छ करोड पति पनि सञ्चालनको तयारीमा रहको जनाईएको छ ।

आईडलको अडिसन मिति भने तोकिएको छैन । अडिसन हुने ठाउँ र मिति छिटै सार्वजनिक हुने टेलिभिजनले जनाएको छ ।