देशको मुहार फेरी छाड्छु–रवीन्द्र

पोखरा, मंसिर १८ ।
बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारीले देशकै मुहार फेर्ने विकासे खाका सहित चुनावी दौडमा लागेको बताएका छन् । उनले म गर्छु मात्रै हैन हामि गर्छौ भन्ने मान्यताले गठबन्धन बनेको दावी गरे । गठबन्धनले वितगभन्दा बढी जनतालाई खुशी दिने अधिकारीको भनाई छ ।
‘अरुले जनतालाई ढाँटेका छन् । मैले गरेका सबै प्रतिबद्धता पूरा गरेको छु, अधिकारीले भने–यसपालीको प्रतिबद्धता पनि मेरो कार्यकालभित्रै पूरा गर्नेछु । चुनावमा सघाउनुहोला ।’ आइतबार पोखरा लेखनाथ महानगरपालिकाको अर्मलामा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले कुनै ठाउँ विशेष नभै देशकै विकासे खाका आँफुले तयार गरेको बताए ।
उनले ११ काहूँ, आपू भन्ज्याङ, वडा नम्बर ४ का विभिन्न टोलहरुमा कोणसभा र मतदातासँग भेटघाट गरे । कोण सभामा बाम गठबन्धन कास्की क्षेत्र न २ (२ ) प्रदेशसभा उम्मेदबार राजकाजी गुरुङले झुट्टा आश्वासन बाँडेर जनता नझुक्याउने भन्दै विकासको बहसमा उत्रिन आग्रह गरे ।