देउवाले डाके आकस्मिक बैठक

पोखरा, जेठ ८ ।
संसद विघटनपछि प्रमुख नेपाली प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका छन् । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बुढा निलकण्ठमा ९ बजेका लागि डाकिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तोकेकी छिन् । विपक्षीहरुले यो कदमको विरोध गरेका छन् ।

कांग्रेस बैठकमा यहि विषयमाथी छलफल हुने बताईएको छ । विपक्षी गठबन्धनको बैठक भने तय भैसकेको छैन ।