देउवालाई समर्थन गर्ने ३८ सांसदलाई कारबाही गर्ने पत्र शितलनिवासमा

पोखरा, जेठ ७ ।
प्रधानमन्त्रीमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई समर्थन गर्ने दुई पार्टीका ३८ सांसदलाई कारबाही गर्ने पत्र राष्ट्रपति कार्यालयमा पठाईएको छ । एमालेका माधव नेपाल पक्षका २६ र जनता समाजवादी पार्टीका उपेन्द्र–बाबूराम पक्षका १२ सांसदलाई पार्टीले कारबाही गर्ने जानकारी पत्र राष्ट्रपतिकोमा पठाईएको हो ।

उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । एमालेमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली संसदीय दलको नेता छन् भने जसपामा राजेन्द्र महतो नेतामा नियुक्त गरिएको छ । यदी दुवै पार्टीका ३८ जना कारबाहीमा परे भने देउवासँग प्रधानमन्त्री बन्न आवश्यक मत पुग्दैन ।