दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि पोखरामा आन्दोलन

पोखरा, चैत २८ ।
दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि पोखराका विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । मंगलबार एयरपोेर्टमा नगरबसको ठक्करले मोटरसाईकलको पछि बसेका शोभाकान्त पनेरुको मृत्यु भएको थियो । दोषीमाथी कडा कारबाही सहित उचित राहतको माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
मृतक पनेरु छोरेपाटन स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत थिए । विद्यार्थीहरुले पोखराका माईक्रोबस बन्द गरी नाराबाजी सहित प्रदर्शन गरेका छन् ।