दुखद खवर–पूर्वराजदूत झाको हत्या !

काठमाण्डौं, भदौ ४ ।
पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरी अहिले घटनास्थलमा छ । प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । किचनको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
घरमा झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु तामाङ मात्र थिए । छोरा बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि घरमा थिइनन् । प्रहरीले अहिले मृतककी श्रीमती र सुरक्षागार्डसँग सोधपुछ गरिरहेको छ । घटनाको अनुसन्धानका लागि चिकित्सक र तालिम प्राप्त कुकर बोलाउने तयारी छ ।
घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए । परराष्ट्र सेवामा ३४ वर्ष विताएका झा फ्रान्सका लागि नेपालका पूर्व राजदूत हुन् ।–अनलाईनखवर