दुखद खवर ! काँग्रेस स्याङजाका सभापति कमल पंगेनीको निधन

पोखरा, साउन २० ।
नेपाली काँग्रेस स्याङजाका सभापति तथा पूर्व सांसद  कमल पंगेनीको निधन भएको छ । दीर्घाको कार्यक्रममा अचानक बेहोस् भएपछि उनलाई उपचारका लागि कालिका अस्पताल हेलुमा राखिएको थियो ।

उपचारकै क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनलाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ । उनको निधन भएको खवर फैलिएपछि काँग्रेसका नेता तथा कार्यकर्ता अहिले घटनास्थल तर्फ गैरहेका छन् । शुभचिन्तक तथा आफन्तहरु पनि भेला भैरहेका छन् ।
थप विवरण आउन बाँकी ।