दुई महिनामा सरकारले बाँड्यो पौने ३ करोड

काठमाण्डौं, असोज १९ ।
आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४र७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ । यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लािग निकासा भइसकेको छ ।

यो रकममध्ये (साउनमा)

(गंगामाया अधिकारी–२० लाख

(एमाले जिल्ला कार्यालय पर्सा–२ लाख ३ हजार

(पूर्वमन्त्री रामकृष्ण ताम्राकार–१५ लाख

(राष्ट्रकवि माधव घिमिरेको उपचार खर्च–१४ लाख ९८ हजार

विभिन्न व्यक्तिका नाममा–४६ लाख ५० हजार रुपैयाँ बाँडिएको छ ।

(भदौमा)

नेता नरहरि आचार्यको उपचार खर्च–३३ लाख ६१ हजार

निर्वाचनमा घाइते २४ जनाको उपचार–२७ लाख ६० हजार

दक्षिण एसिया गुठी र काठमाडौं युनिभर्सिटी स्कुल अफ ल–३० लाख

देशभरका विभिन्न व्यक्तिका नाममा–८९ लाख रुपैयाँ बाँडिएको छ ।