दुई भारतीयबाट ११ वर्षीया नेपाली बालिका बलात्कृत

बर्दिया, कार्तिक २६ ।
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् ।

पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् । उनीहरुले बलात्कार गरेको स्विकारिसकेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।