दुईवटा मोटरसाइकल ठोकिँदा महिलाको मृत्यु

महोत्तरी, मंसिर १० ।
महोत्तरीको रामगोपालपुरमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका वडा ७ टिकुलिया स्थित मोटरसाइकल एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय रामगोपालपुरले दिएको जानकारी अनुसार बर्दिवासबाट जलेश्वर तर्फ गइरहेकोे ना२३प.९२६६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आईरहेको ज४प ८५७१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँक्दा मोटरसाइकलमा सवार औरही नगरपालिका वडा नम्बर १ बस्ने गजेन्द्र चौधरीको पत्नी ओमकला देवी गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते ओमकलालाई जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौं लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । इप्रका रामगोपालपुरका असई देवेन्द्र गिरीले मोटरसाइकल ठक्कर दिने सुक बहादुर लामालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय जलेश्वर पठाइएको बताए ।