दुईवटा दुर्घटनामा ५ घाईते

पोखरा, कार्तिक १० ।
तनहूँमा भएको छुट्टाछुट्टै दुईवटा दुर्घटनामा ५ जना घाईते भएका छन् । आँबुखैरेनी गाउँपालिका बेनीटारमा लु ४५ प ९२१५ नम्बरको मोटरसाईकल र ग १० प ८२९२ नम्बरको स्कुटर ठक्कर खाँदा दुबै सवारीमा सवार ३ घाईते भएका हुन् ।

काठमाण्डौ बुढानिलकण्ठ बस्ने अन्दाजी २५ बर्षका राजीव खड्का र पछाडी सवार जिल्ला काठमाण्डौं बानियाँटार बस्ने २२ बर्षकी निशा बानियाँ र अर्को स्कुटी चालक हालम्म परिचय नखुलेको ब्यक्ति घाईते भएका हुन् । घाईतेहरुको भरतपुरमा उपचार भैरहेको छ ।

यस्तै, म्यादे गाउँपालिका मौरी ओडारमा ग १३ प २८५७ नम्बरको स्कुटर र ग १ ख ३०६७ नम्बरको बस ठोक्किदा स्कुटरमा सवार दुईजना घाईते भएका छन् ।

दुर्घटनामा स्कुटर चालक ब्यास नगरपालिका ९ का २४ बर्षकी लक्ष्मी र पछाडी सवार सल्यान जिल्लाको बाकचौर १ बस्ने वर्ष २६ को बिनय बि.सी. घाइते भएका हुन् । उनीहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ ।