दुईदिनदेखि बेपत्ता भएका श्रेष्ठ फेवातालमा मृत भेटिए

पोखरा, बैशाख ४ ।
दुई दिन देखि मोटरसाइकल सहित हराएका एक व्यक्ति पोखराको फेवातालमा मृत भेटिएका छन् । बैशाख २ गते देखि हराएका तनहुँ व्यास नगरपालिकाका २८ बर्षिय नबिन श्रेष्ठ फेवातालको ताल बाराही मन्दिर नजिकै डुबिरहेको अवस्थामा शव फेला परेको हो ।
उनको पर्सबाट नबिन श्रेष्ठ नाम गरेको लाइसेन्स भेटिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए । उनी हराएको भन्दै दुई दिन अगाडी तनहुँ प्रहरीमा निबेदन परेको थियो ।
तालमाथी तैरिएको शवलाई रेष्क्यु टावर फेवातालको उद्वार टोलीले निकालेको हो । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा राखिएको प्रहरीले जानकारी दिएको छ ।