दिल्लीमा ९ वर्षीया नेपाली बालिकाको हत्या

काठमाण्डौं, साउन ५ ।
भारतको दिल्लीस्थित शकरपुर लक्ष्मीनगर भन्ने ठाउँमा एक ९ वर्षीया नेपाली बालिकाको घाँटी थिचेर हत्या भएको छ । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।

बाजुराकी ती बालिकाको बाबुआमाले होस्टेलमा काम गर्ने र सोही होस्टेलमा कार्यरत सोनु नाम गरेको भारतीय नागरिकमाथि हत्यामा संलग्न रहेको आरोप लागेको छ ।

बालिकाको बलात्कार प्रयासपछि हत्या भएको हुनसक्ने सीए अभानेस्ववियु अध्यक्ष सुधन महतले बताए ।

‘घटनास्थलमा हामी पुग्दा र त्यहाँ रहेका विधायक नितिन त्यागी, एसएचओ सन्जिव शर्मासँग कुराकानी गर्दा उहाँहरुले कानुनतः हुने कारबाहीमा कुनै कसर बाँकी नराख्ने आश्वासन दिनुभएको छ’, महतले बताए ।