दिल्लीदेखि काठमाडौंसम्म रेल चलाउने सहमति

नयाँ दिल्ली, चैत २४ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीदेखि काठमाडौंसम्मको रेल यातायात सुरु गर्ने सहमति बनेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको वार्तापछि संयुक्त धारणा व्यक्त गर्दै उनले नेपालको विकासमा कसरी साझेदार बन्न सकिन्छ भन्ने विषयमा भारत गम्भीर रहेको बताए ।
भारतले विकासका लागि मैले सुरु गरेको ’सबका साथ सबका विकास’ र नेपालको लागि प्रधानमन्त्री ओलीले सुरु गरेको ’समृद्ध नेपाल सुखी नेपाली’को भिजन एकअर्काको परिपूरक छन्,’ उनले भने, ’यसकारण हामी यो विषयमा सहमत छौं जनकेन्द्रित योजना, विकासको साझा लक्ष्य र दुवै देशका जनताको सुख शान्ति र समृद्धिको लागि एकसाथ मिलेर अगाडि बढ्नेछौं ।