दशैंभरी कास्कीमा १२ सवारी दुर्घटना, एकको मृत्यु

पोखरा, कार्तिक ५ ।
दशैं अवधिभर कास्कीमा १२ वटा दुर्घटना भएका छन् । चाडपर्वको समयमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

तीनवटा गम्भिर दुर्घना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका पोखराका प्रवक्ता शिव प्रसाद पाठकले जानकारी दिए । उनले असोज २४ गते घटस्थापनादेखि कात्तिक ४ गते सम्म भएका दुर्घटनामा ७ जना घाईते भएको र तीन वटा गम्भिर प्रकृतीको दुर्घटना भएको बताए ।

उनले पोखराको बुलौंदीमा बाराही चोक र सिर्जनाचोकमा दुर्घटना मादक पदार्थ सेवन (मापसे) गरी तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएका उनले बताए । दशैंको बेलाको ७ सय ८१ सवारी चालकलाई कारवाही गरी पाँच लाख २९ हजार राजश्व संकलन भएको उनले बताए ।