दमकल छैन, मेयरलाई ७० लाखको नयाँ गाडी !

दमक, मंसिर १३ ।
आगोले जलेर शिवसताक्षी नगरपालिका ७ लालझोताडमा आईतबार राति परिवारका चारै जनाको मृत्यु भयो । घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए ।

उनीहरुले मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने भन्दै सार्वजनिक आलोचना गरे । मेयर चन्द्रकुमार शेर्मा यही बर्ष किनेको ७० लाखको इसुजु डिम्याक्समा हुईँकिन्छन् । ।

उपमेयर भोजकुमारी नेपाल टाटासुमो चढ्छिन् । नगरपालिकाका जनप्रतिनिधिले एउटा रोलर, ट्रलीसहितको ट्रयाक्टर, एक टोयोटा गाडी, एक टाटासुमो, १९ मोटरसाईकल र एउटा स्कुखर खरिद गरेका छन् ।

लालझोडाका मुक्तिनाथ दाहालले दमकल नभएकै कारण लक्ष्मण खनालको परिवारलाई बचाउन नसकिएके बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।