थ्रिस्टार आहा रारा गोल्डकपको सेमिफाईनलमा

पोखरा, फागुन २६ ।
डिफेण्डिङ च्याम्पियन थ्रिस्टार क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाईनल प्रबेश गरेको छ । भारतको गान्तोक सिटी फुटवल क्लवलाई ३–० गोलअन्तरले पराजीत गरि थ्रिस्टारले पुलिससँगको भेट पक्का गरेको हो । पुलिस आयोजक सहारालाई पराजीत गरि सेमिफाईनल प्रबेश गरिसकेको छ ।

थ्रिस्टारको जीतमा सुशान श्रेष्ठले २ तथा संजोक राइले १ गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुवै टोलीले दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेका थिए । ७९ औं मिनेटमा निशान खड्काको पासमा संजोकले गोल गर्दै थ्रिस्टारलाई अग्रता दिए । थपिएको दोश्रो र तेश्रो मिनेटमा लगातार दुई गोल गर्दै सुशानले जीत पक्का गराएका हुन् ।

केही राम्रा अवसर पाएपनि गान्तोकले सदुपयोग गर्न सकेन । प्रतियोगिता अन्तर्गत मंगलबार त्रिभुवन आर्मी क्लब र संकटाबीच अन्तिम क्वाटरफाइनल हुनेछ ।

Photo-Sudarshan Ranjit