थापाको घरदैलो ३३ वडामा

पोखरा, मंसिर ७ ।
कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापा घरदैलोमा व्यस्त छन् ।  उनी बुधबार भरतपोखरीको पौवा, फिलिङ्गे, सुर्ताने, काजीपोखरी, जामुने भञ्ज्याङ लगायतका स्थानमा घरदैलो कार्यक्रममै व्यस्त रहे ।
थापाले जनताको आवश्यक माग सम्बोधन गर्ने बताए । ‘हामीलाई जनताले नै जिताउने हो,’ उनले भने, ‘त्यसपछि जनताकै लागि काम गर्ने हो ।’ थापासगै सोही क्षेत्रका समानुपातिकतर्फका उम्मेदवारहरु सिर्जना शर्मा, भीमबहादुर कार्की र अशोक बुढा छन्त्याल र पोखरा–३३ का शिव आचार्य जनतासँग भोट माग्न पुगेका थिए । बिहीबार भरतपोखरीकै बाँकी स्थानमा घरदैलो कार्यक्रम रहेको अनेरास्ववियु जिल्ला कमिटी कास्कीका पूर्व उपाध्यक्ष तथा उम्मेदवार थापाका सहयोगी रामराज पौडेलले बताए ।