थप ७ जनामा कोरोना संक्रमण, १ सय ९ पुगे संक्रमित

पोखरा, बैशाख २७ ।
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या १ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।

शनिबार काठमाडौं र विराटनगरमा गरिएको परीक्षणमा ७ जनाको कोरोना पुष्टी भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।