तीन भारतीय सुटर पोखरामा पक्राउ

पोखरा, कार्तिक १८ ।
कास्की प्रहरीले शुक्रबार पोखराबाट भारतीय सुटरहरु पक्राउ गरेको छ । सिद्धार्थ चोकबाट कास्की प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए ।
उनले थप अनुसन्धान भईरहेको भन्दै सबै कुरा खुलाउन नमिल्ने बताए । पक्राउ परेकामध्ये ३ जना भारतको राजस्थानमा आतंक मच्चाएका अपराधी हुन् । उनीहरुविरुद्ध असुलीदेखि हत्यासम्मको आरोपका दर्जनौं मुद्दा भारतमै दर्ता छन् । समातिएका ४ जनामध्ये ३ जना भारतीय हुन भने १ जना पोखराका हुन् ।
तीनै जना भारतीय सुटरलाई ४ वटा हत्याको अरोप छ भने असुलीका मुद्दा २५ भन्दा धेरै रहको प्रहरीको भनाई छ । भारतको राजस्थान प्रहरीले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोलाई उनीहरुको बारेमा खबर गरेको थियो । त्यसपछि कास्की प्रहरीको सहयोगमा उनीहरुलाई शुक्रबार पक्राउ गरिएको हो । पोखरामा उनीहरु लुक्न आएको हो या कुनै योजना बनाएर आएको भन्ने खुलेको छैन ।