तीन दलले बुझाएको समानुपातिक सांसदको सूची गलत, सच्याउन दुई दिनको समय

काठमाण्डौं, माघ २९ ।
पाँच वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएकोमा तीन दलको सूची गलत भेटिएको छ । तीन वटा दलले बुझाएको समानुपातिक सांसदको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम लगायतका आधारमा उम्मेदवार छनोट नभएको आयोगले जनाएको छ । आयोगले सूची सच्याएर पठाउन दुई दिनको समय दिएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाले बुझाएको सूचीमा त्रुटि भेटिएको आयोगले उल्लेख गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोग पदाधिकारीको सोमबार बसेको बैठकले तीन दलले बुझाएको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम लगायतमा त्रुटि देखिएको भन्दै सच्याउन फागुन २ गतेसम्मको समय दिएको हो ।