तास खेल्दै गर्दा पोखराबाट साढे ३ लाखसहित १० जना पक्राउ

पोखरा, कार्तिक १४ ।
पोखरामा जुवातास खेल्दै गर्दा १० जना पक्राउ परेका छन् । पोखरा ८ आलुमाइला चोकबाट साढे ३ लाख नगदसहित उनीहरु पक्राउ परेका हुन् ।

स्थानीय धर्मेन्द्र श्रेष्ठको घरमा तास खेलिरहेको गोप्य सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो । उनीहरुको साथबाट १ बुक तास र ३ लाख ५७ हजार ५ सय ५० रुपैयाँ बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

सबैजनालाई प्रहरीले नियन्त्रणमा लिएर जुवातास मुद्धामा अनुसन्धान अघि बढाएको कास्की प्रहरी प्रबक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।