तामाङले राजीनामा दिएपछि को बन्दैछन् कानुनमन्त्री ?

काठमाण्डौं, साउन १६ ।
नेकपामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ ।

उनीहरूमध्येबाटै एकजना मन्त्री हुने सम्भावना देखिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ ३, पोखरेल चितवन २ र नेम्वाङ पाँचथरबाट निर्वा्चित भएका थिए । प्रधानमन्त्री ओलीसमक्ष जनजाति समुदायबाटै कानुनमन्त्रीमा बनाइनुपर्ने दबाब धेरै छ ।

तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्न गएका नेपाली महिला विद्यार्थीका विषयमा विवादित अभिव्यक्ति दिएपछि पार्टी नेतृत्वले उनलाई पदबाट राजीनामा दिन दबाब दिएपछि तामाङले ८ साउनमा राजीनामा बुझाएका थिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।