तरुण दलको उद्घोष–अवस्था जटिल बन्दैछ, आन्दोलनका लागि तयार रहनुस्

पोखरा, जेठ २८ ।
नेपाल तरुण दल कास्कीले मनोमानी रुपमा काम गरेको भन्दै सरकारको आलोचना गरेको छ । तरुण दल कास्कीले कास्कीका सवै तहका तरुण दल इकाइसँग सोमबार गरेको सामुहिक बैठकले सरकारको आलोचना गरेको हो ।

पोखरामा बन्न लागेको क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थ बन्न नदिन सरकारले षडयन्त्र गरेको र पटक÷पटक पेट्रोलियम पदार्थको मूल्य बृद्वि गरेकोभन्दै सरकारको आलोचना गरिएको थियो । बैठकले सरकार विरुद्व जस्तो सुकै आन्दोलन पनि गर्नुपर्ने अवस्था आउने भन्दै सवै तरुण इकाइलाई तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय गरेको छ ।

‘पार्टीलाई कसरी शशक्त बनाउने र सरकारको मनोमानी विरुद्व कसरी प्रस्तुत हुन भन्ने विषयमा बैठकमा छलफल भयो । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले भने–तरुण दललाई जनताको साथी बनाउने गरी काम गर्छौं ।’ बैठकले नेपाल तरुण दल कास्कीका सदस्य कमलापति पौडेल हालै सम्पन्न डिएलए कास्कीको अधिवेशनबाट सचिवमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ । त्यस्तै, नेपाल तरुण दल पर्साको अध्यक्ष वीरेन्द्र पटेलको निधन भएकोमा शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।