तमु समाज हङकङको अध्यक्षमा कोमलकै निरन्तरता

पोखरा, असार १९ ।
तमु समाज हङकङको अध्यक्षमा पुनः कोमल गुरुङ (स्याङजाली कान्छा) चुनिएका छन् । जुलाई १ तारिखमा भएको दोश्रो अधिवेशनबाट कोमलकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा मनप्रसाद गुरुङ, उपाध्यक्ष सुमित्रा गुरुङ, सचिब अनिता गुरुङ, सह–सचिबमा मुककाजी गुरुङ, कोषाध्यक्षमा बिकाश गुरुङ र सह–कोषाध्यक्षमा बिष्णु गुरुङ निर्बाचित भएका छन् ।

सदस्यहरुमा रमेश गुुरुङ, देवराज गुरुङ, ओमप्रसाद गुरुङ, मन गुरुङ, रबी गुरुङ, कुस गुरुङ, सन्तोष गुरुङ, गम गुरुङ, दुतबहादुर गुरुङ, किसान गुरुङ, कुलबहादुर गुरुङ र प्रबक्तामा भीमबहादुर गुरुङ चयन भएका छन् ।

दोस्रो कार्यकालको लागि सर्बसम्मत अध्यक्षमा चयन भएका गुरुङले हङकङमा रहेका तमुहरुको दुख सुखमा साथ दिने र समस्या पर्दा समाधानको पहल गर्ने प्रतिबद्धता जनाए । उनले तमुको भाषा, संस्कृतिको प्रबद्र्धन र सामुहिक लगानीमा जोड दिने बताए ।

जन–सम्पर्क समिति हङकङको सल्लाहकार गुरुङ विभिन्न सामाजिक संघ संस्थामा आबद्ध छन् ।