मोटरसाईकल र बोलेरो ठोकिँदा रवीको मृत्यु

तनहूँ, मंसिर २ ।
तनहूँको ब्यास नगरपालिका स्थित छिर्कनेमा बोलेरो जीपले ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाईकल चालकको मृत्यु भएको छ । ना २ च ४३४९ नम्बरको बोलेरो जीपले ग १० प ११४४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक रवी माझी गम्भीर घाईते भएका थिए ।

घाईते रवीको डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचार गरिएको थियो । अवस्था गम्भीर भएकोले थप उपचारको लागि दमौली लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।