तनहूँमा मोटरसाईकल पल्टिँदा एकजनाको मृत्यु

पोखरा, मंसिर ८ ।
तनहूँको भानु नगरपालिका ३ ढिकुरादीमा मोटरसाईकल पल्टिँदा एकजनाको मृत्यु भएको छ । ग १० प ४०३७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिँदा मोटरसाईकल चालक स्थानीय ३० बर्षका गणेश तामाङको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको तनहूँ प्रहरीको भनाई छ । तीब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने बताईएको छ ।