तनहूँमा बुवाले गाडी व्याक गर्ने क्रममा छोराको मृत्यु

तनहूँ, पुस २७ ।
बाबुले बस व्याक गर्ने क्रममा बन्दीपुर गाउँपालिका–४ पिप्लेमा छोराको मुत्यु भएको छ । पिकनिक जानका लागि बस चालक बलक थापाले ग १ ख ४६५८ नम्बरको बस फर्काउने क्रममा छोरा १५ बर्षीय बिश्वास थापालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बाबुले बस व्याक गरेको र छोराले पछाडिबाट इसरा दिने क्रममा बसको पछाडि भागले छातीमा लागेपछि गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताए । ‘उनको स्थानीय बन्दीपुर अस्पतालमा उपचारका क्रममा मृत्यु अर्यालले जानकारी दिए ।