तनहूँमा जिप र मोटरसाइकल ठोक्किदा ६ वर्षीय बालकको मृत्यु
तनहूँ, साउन ३० ।
तनहुँको घाँसीकुवामा जिप र मोटरसाइकल ठोक्किदा एक बालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा१६च २५२९ नंको जिप र विपरीत दिशाबाट आउँदै गरेको लु२७प ५३९ नंको मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर खाँदा मोटरसाइकलमा सवार छ वर्षीय सुनिल मगरको मृत्यु भएको छ ।
उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक देवदह नगरपालिका बस्ने ३० वर्षीय मीनप्रसाद मगर र २७ वर्षीया सुष्मा मगर घाइते भएका छन् । उनीहरु श्रीमान्रश्रीमती हुन् भने मृत्यु हुने बालक छोरा हुन् ।