तनहूँको छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाईते

पोखरा, पुस १० ।
तनहूँको दुई छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाईते भएका छन् । आवुँखैरेनी २ मार्किचोकमा लु १ ख ५८१५ नम्बरको बसले पैदल यात्रि गोरखा नगरपालिका १४ बस्ने वर्ष ३८ की माया राना र वर्ष ३३ की रेखा थापा लाई ठक्कर दिएको हो । दुवैजना घाईते छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । बस र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा दुईवटा मोटरसाईकल ठोकिदा ४ जना घाईते भएका छन् । ग ११ प ११३५ नम्बरको मोटरसाईकल र ग ४ प ७६०६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा उनीहरु घाईते भएका हुन् । घाईतेहरुको जिपी कोइराला श्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचार भैरहेको छ भने मोटरसाईकल प्रहरी नियन्त्रणमा छन् ।