तनहूँको छुट्टाछुट्टै दुर्घटनामा ७ जना घाईते

पोखरा, कार्तिक ७ ।
तनहूँको दुई छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा ७ जना घाईते भएका छन् । दुलेगौंडामा नम्बरको टुरिष्ट मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्री ६५ बर्षिया कमला कुमारी घले घाईते भएकी छिन् । उनको पोखरामा उपचार भैरहेको छ ।

यस्तै भानु १ साजबोटेमा बसले बोलेरो र अर्को बसलाई ठक्कर दिँदा ६ जना घाईते भएका छन् । ना ४ ख ५८८५ नम्बरको बसले ग १ च ९३७७ नम्बरको बोलेरो र ना ५ ख ४२८९ नम्बरको बसलाई ठक्कर दिएको हो ।

दुर्घटनामा एकजना पैदलयात्री सहित गाडीमा सवार ५ जना गरि ६ जना घाईत भएका हुन् । उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भैरहेको छ । गाडी र बोलेरो प्रहरी नियन्त्रणमा छन् ।